पोखरा विश्वविद्यालयले पहिलो पटक संस्कृति मेला आयोजना गर्ने

पाेखरा | पुस १४, २०७९

पोखरा विश्वविद्यालयले पहिलो पटक संस्कृति मेला आयोजना गर्ने

पोखरा:  तराई विद्यार्थी सेवा समाज पोखरा विश्वविद्यालयले पहिलो पटक संस्कृति मेला २०७९ आयोजना गर्ने भएको छ । 


पोखरा विश्वविद्यालयले इतिहासमै पहिलो पटक संस्कृति मेला २०७९ को आयोजना गर्न लागेको एक समारोहको आयोजना गर्दै जानकारी दिएको हो  ।  


मेलामा नेपालका चर्चीत हास्य कलाकार आदर्श मिश्राको प्रस्तुतिसँगै सुपर सिक्स क्रिकेट प्रतियोगिता, अनलाइन संस्कृति भिडियो प्रतियोगिता, संस्कृति हाजिरी जवाफ प्रतोयोगिता, संस्कृति वक्तृत्वकला,टग अफा वार ,ट्रेजर हंट प्रतियोगिता,फ्ल्याश मोव, सरसफाइ कार्यक्रम र सरस्वति पुजाको दिन विभिन्न सांस्कृतिक कार्यक्रमहरु रहने समारोह संयोजक शंकर शाहले बताए । 


यस कार्यक्रमको मुख्य प्रायोजकका रूपमा किरु इन्जिनियरिङ कन्सलटेन्सी, गोल्ड प्रायोजक भेनस इंटरनेशनल कन्सलटेंसी,स्पेसल प्रायोजकमा होटल सत्कार , रोबर्ट इनभेस्टमेन्ट ,२०–२०रेस्टुरेन्ट ,लियो क्लब अफ़ जनकपुरधाम,अन्नपूर्ण ल्याब, फारेस्ट स्पोर्ट्स अरेना,सेज बिजनेस इंटरप्राइजेज्  ,सामाजिक केन्द्र नेपाल ,गोदार मार्ट र सिल्वर प्रायोजकको रूपमा ईदु हब एज्युकेशन फाउंडेशन रहेका छन्।

 

यस संस्कृति मेला २०७९ को पुर्व कार्यक्रमहरु पौषको तेस्रो  हप्ता देखी सुरु हुने र माघ १२ गते सरस्वति पुजाको  दिन समापन गरिने कार्यक्रमका डायरेक्टर ज्ञानेन्द्र त्रिपाठीले जानकारि दिए  । 

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्

पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

थप पढ्नुहोस्